• २०८३ कार्तिक ४ मंगलबार
  • Tuesday, 20 October, 2026

फ्रान्समा बढ्दे हिंसात्मक प्रदर्शन, आंशिक कर्फ्यु लगाउने तयारी

एजेन्सी। फ्रान्समा बढ्दे हिंसात्मक प्रदर्शनसँगै सरकारले आक्रामक रणनीति अपनाउन थालेकाे छ। 
७ बुंदामा हेर्नुस अवस्थाः

  • मानिस र पसलहरूको सुरक्षा गर्नका लागि फ्रान्सका केही सहरहरूमा आंशिक कर्फ्यु लगाउने अधिकार दिइएको छ, प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले बताएका छन्।
  • सप्ताहन्तमा भएका दंगा र लुटपाटपछि यो निर्णय आएको हो। लेकोर्नुले जनताले "हाम्रो देशमा यो हिंसा कसरी भयो" भन्ने कुरा जान्न चाहेको बताएका छन्।
  • यसअघि, फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले प्रहरीले "स्थितिमा नियन्त्रण गुमाएको" बताएका थिए। फ्रान्सको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रमुखका अनुसार प्रदर्शनका कारण २,००० वटा व्यवसायहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
  • राष्ट्रपति इमानुएल म्याक्रोँद्वारा राजीनामा अस्वीकृत गरिएका मन्त्री नुनेजले अधिकारीहरूबाट "पूर्व तयारीको कमी" भएको स्वीकार गरेका छन्।
  • विद्यालयहरूको अवस्थालाई लिएर विद्यार्थीहरूले गरेको प्रदर्शनबाट गत महिना यो अशान्ति सुरु भएको थियो, तर पछि यो फराकिलो मुद्दाहरूतर्फ परिणत भयो।
  • लेकोर्नुले सन् २०२७ को फ्रान्सेली राष्ट्रपतीय निर्वाचन अघि "अराजकता सिर्जना गर्ने" आशा राखेका "अति-वामपन्थी उग्रवादी समूहहरू" द्वारा यो आन्दोलनको नेतृत्व भइरहेको बताएका छन्।
  • शनिबार पाँच लाखभन्दा बढी मानिसहरू सडकमा उत्रिएका थिए। आइतबार पेरिसमा मात्रै ३५० भन्दा बढी पक्राउ परेका छन् भने कम्तीमा पाँचवटा पसलहरू लुटिएका छन्। बीबीसीबाट
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर