• २०८३ कार्तिक १७ मंगलबार
  • Tuesday, 3 November, 2026

अमेरिकाले हमला गर्ने हल्लापछि इरानले घटायाे सातदिने योजना

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग तनावकाबिच आफ्नो देशले प्रस्तावित सातदिने योजनालाई दुई दिनमा घटाएको बताएका छन्।

टेलिभिजन नेटवर्क अल जजिरालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘यदि संयुक्त राज्य अमेरिकाले पहिलो दिन इरानका सर्त पूरा गर्‍यो भने दोस्रो दिन हर्मुज स्ट्रेट (जलमार्ग) खोलिनेछ।’

इरानको सातदिने योजनामा ​​मूल रूपमा तनाव कम गर्ने, हर्मुज खोल्ने र नयाँ वार्ता सुरु गर्ने कुरा छन्। अब यसलाई दुईदिनको फ्रेमवर्कमा घटाउने प्रस्ताव गरिएको छ।

अराघचीले भनेका छन्, ‘यस प्रस्तावका विषयमा कतारी मध्यस्थकर्ताहरूसँग छलफल जारी छ। यद्यपि अहिलेसम्म कुनै अन्तिम सम्झौता भएको छैन। प्रस्ताव कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने कुरा इरानका प्रश्नमा अर्को पक्षले दिने जवाफमा निर्भर गर्नेछ।’

इरानका विदेशमन्त्रीको यो भनाइ फारसी खाडीमा धेरै अन्य तेल र ग्यास ट्यांकरलाई निसाना बनाइएको समाचार सार्वजनिक भएका बेला आएको हो।

उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने मध्यावधि निर्वाचनलगत्तै इरानमा फेरि ठुलो आक्रमण गर्ने तयारीमा लागेको समाचार सार्वजनिक भएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर