अमेरिकाले इरानकाे प्रस्ताव स्वीकार गरे हर्मुज नाका खुल्ने
एजेन्सी। इरानको विदेश मन्त्रालयले अमेरिकासँग सहमति भएको दुई दिनभित्रै हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको जनाएको छ । तर, यसका लागि अमेरिकाले आफ्ना सर्तहरू स्वीकार गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
यसअघि इरानले उक्त महत्वपूर्ण जलमार्ग खुलाउन एक साताको समयसीमा चाहिने जनाएको थियो ।
‘यो योजनालाई दुई दिनभित्रै कार्यान्वयनमा ल्याउन सकिने सम्भावनाले इरानको सद्भावपूर्ण दृष्टिकोणलाई स्पष्ट पार्छ । यदि हाम्रा मागहरू पूरा हुन्छन् भने छोटो समयभित्रै हर्मुजमा सुरक्षा व्यवस्था पुनस्र्थापना गर्न र वार्ता प्रक्रियालाई अघि बढाउन सम्भव छ,’ इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भने ।
प्रवक्ता बाकाईले मध्यस्थकर्ताहरूमार्फत दुई देशबीच अझै पनि सन्देश आदानप्रदान भइरहेको जानकारी दिएका छन्। एएफपीका अनुसार यो कदमले क्षेत्रीय तनाव कम गर्दै कूटनीतिक संवादको ढोका खोल्न सक्ने अपेक्षा गरिएको छ ।
अमेरिकामा मंगलबार मध्यावधि (संसदीय ) निर्वाचन हुँदैछ । निर्वाचनपछि इरानमाथि फेरि आक्रमण गर्न सकिने धम्की यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका थिए । इरान तयार भएमा कुटनीतिक वार्तामार्फत पनि यस युद्धलाई टुंग्याउन सकिने उनले बताउँदै आएका छन् ।
२८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेसँग युद्ध सुरु भएको थियो । पछिल्लो समय पश्चिम एशियाभर युद्ध फैलिएको छ । इरानमात्रै नभएर इरान समर्थित यमनको हुथी विद्रोही र साउदी अरब तथा लेबनानमा हिजबुल्लाह र इजरायलबीच युद्ध चलिरहेको छ ।







प्रतिकृया दिनुहोस