एनपीएल: आज लुम्बिनी र जनकपुरकाे महाभिडन्त
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन्।
हिजो रेस्ट डे रहेको एनपीएलको पहिलो खेलमा आज पूर्वविजेता लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
जारी संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै आएका यी दुई टोलीबीचको यो भिडन्तलाई एनपीएलको एक उच्चकोटीको खेलको रूपमा हेरिएको छ।
जारी संस्करण अपराजित एकमात्र टोली लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ। ३ खेलमा २ जित र १ खेल वर्षाले रद्द हुँदा अंक बाँडेको उसले ५ अंक जोडिसकेको छ। यस्तोमा अब कम्तीमा १ जितले उसलाई प्लेअफमा पुग्न सहज बन्नेछ।
पहिलो संस्करणमै उपाधि जितेको जनकपुर दोस्रो संस्करणको खराब प्रदर्शन भुलाउँदै यस पटक बलियो रुपमा प्रस्तुत भएको छ। ४ खेलमा २ जित र २ हारबाट ४ अंक जोडेको उ तालिकाको चौंथो स्थानमा छ।
यि दुईबीच दुई पटक भेटभएको छ। पहिलो संस्करण जनकपुर १ रनले विजयी हुँदा दोस्रोमा लुम्बिनी ४ विकेटले विजयी भएको थियो। खेल दिउँसो साढे १२ बजे सुरु हुँदैछ।
आजै साँझ ५ बजे विराटनगर किङ्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ।






प्रतिकृया दिनुहोस