• २०८३ कार्तिक २६ बिहीबार
  • Thursday, 12 November, 2026

नक्कली भुटानी शरणार्थी काण्डमा जेल परेका एमाले नेता रायमाझी रिहा

काठमाडाैं । नक्कली भुटानी शरणार्थी खडा गरेर अमेरिका पठाउने प्रपञ्च गरेकाे आराेपमा जेल परेका नेकपा एमालेका तत्कालिन सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलबाट रिहा भएका छन्।

उनी आज (बिहीबार) बिहानै डिल्लीबजार कारागारबाट छुटेका हुन्।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअनुसार उनी रिहा भएका हुन्।

ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्था छ।

नक्कली भुटानी शरणार्थी मुद्दामा २०८० वैशाख २० मा पक्राउ गरिएका उनलाई काठमाडौँ जिल्ला अदालतले २०८३ असार ३० गते ४ वर्ष कैद सजाय सुनाएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर