• २०८३ मङ्सिर ४ शुक्रबार
  • Friday, 20 November, 2026

रवि–बालेनप्रति ओलीको आक्रोषः छिचिमिरासँग कोही पनि डराउनु हुँदैन 

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मौसमी छिचिमिरासँग कोही पनि डराउनु नहुने बताएका छन्।

पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले बर्खायाममा निस्कने छिचिमिराको आयु लामो नहुने बताए। ‘यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छ। कतिपय आफैँ भुइँमा झर्छन्,’ अध्यक्ष ओलीले भने, ‘यस्ता प्रवृत्तिविरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ।’

अध्यक्ष ओलीले समाजलाई सबै भ्रमहरूबाट मुक्त गर्ने कामको अगुवाई एमालेले गर्ने बताए। समाजलाई निराशाको अवस्थाबाट बाहिर निकालेर पुनर्जागरण गराउने कामको नेतृत्व एमालेले गर्ने उनको जिकिर छ।

उनले निर्वाचन पूर्व भएका ध्वंस, आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरे। ‘हामी सरकारबाट अपदस्त हुँदाको अवस्थाको विष्लेषण नगरी राजनीति हुँदैन,’ अध्यक्ष ओलीले भने, ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नु पर्दछ। त्यति नबुझी राजनीति बुझिँदैन।’

अध्यक्ष ओलीले प्राविधिक कुरालाई मात्र देखाएर एमालेको आन्तरिक कमजोरीकै कारण एमालेको सरकारलाई विस्थापन भयो भनेर बुझ्नु नहुने बताए। ‘एल्गोरिदम लगाएर, सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्याइयो,’ अध्यक्ष ओलीले भने, ‘हामीप्रति घृणा फैलाएर, अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर