• २०८३ मङ्सिर ९ बुधबार
  • Wednesday, 25 November, 2026

नेपाली र भारतीय सेनाकाे संयुक्त अभ्यास ‘सूर्यकिरण’ सुरु

बुटवल । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा नेपाली र भातीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ। 

बुधबार मध्य पश्चिम पृतननाका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले संयुक्त अध्यासको उद्घाटन गरेका छन्। ‘सूर्यकिरण’ नाम दिइएको यो २०औं संयुक्त अभ्यास हो। 

संयुक्त अभ्यास मंसिर २२ गतेसम्म चल्नेछ। २०६७ सालदेखि नेपाल र भारतले वार्षिक रुपमा आलोपालो गरी यो अभ्यास गर्दै आएका छन्। १९औं अभ्यास भारतको पिथौरागढमा भएको थियो। 

यसमा मुख्यतया विपद् व्यवस्थापन, जङ्गल युद्धकला र मानवीय सहयोगलगायतका विषयमा दुवै देशका सैनिकले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान गर्दै आएका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर