एसियन खेलकुदः नेपाल टिम क्वार्टरफाइनलमा, श्रीलंकासँग भिड्ने पक्का
काठमाडाैं । सन्दिप जोरा र लोकेश बमको आक्रमक अर्धसतक मद्दतमा नेपालले २०औँ एसियाली खेलकुदमा आयोजक जापानलाई १५० रनको विशाल लक्ष्य दिएपनि वर्षा बाधक बन्दा अंक बाँड्न बाध्य भएको छ ।
शनिबार आइचीको निशिनस्थित कोरोगी मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको हो । यसअघि वर्षाका कारण खेल ५ ओभर छोटाइएको थियो। दोस्रो इनिङमा समेत वर्षा भएपछि खेल रोकियो। त्यसपछि दुवै टोलीले सम्मान एक अंक बाँडेका हुन् ।
यो नतिजासँगै नेपाल समूह ‘ए’ मा २ खेलमा ३ अंक जोडेर विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान २ खेलमा २ अंकका साथ उपविजेता बन्यो । अब, क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ । अफगानिस्तानले भारतसँग खेल्नेछ ।
यसअघि पहिलो इनिङमा सन्दीप जोरा र लोकेश बमले अर्धशतक बनाएपछि नेपाल बलियो योगफल बनाएको हो । सन्दीपले ३२ बलमा ५७ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे । सन्दीपको यो करियरकै पाँचौं अर्धशतक हो। उनी जापानमा पहिलो अर्धशतक प्रहार गरे नेपाली खेलाडी बने।
लोकेशले २२ बलमा ५२ रन बनाएका छन्। उनले १ चौका र ६ छक्का प्रहार गरेका छन्। पाँचौं विकेटका लागि सन्दीप र लोकेशबीच ३० बलमा ६५ रनको साझेदारी भएको थियो ।
फेरि एकपटक अर्का ओपनर कुशल भुर्तेल चार रन बनाएर आउट भए । यस्तै आशा गरिएका हिटर कुशल मल्ल र गुल्शन झा पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर आरिफ शेख २१ रन बनाएर आउट भए थिए । समुहको पहिलो खेलमा नेपालले टेस्ट रास्ट्र अफगानिस्तानलाई ५ विकेटले हराउदै विजयी सुरुवात गरेको थियो ।







प्रतिकृया दिनुहोस