'पत्रकार धरपकडको जिम्मेवारी बालेन र रविले लिनुपर्छ'
काठमाडाै। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले पत्रकार धरपकडकाे जिम्मेवारी प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेले लिनुपर्ने बताएका छन् ।
संविधानले पूर्ण प्रेस स्वतन्त्रताकाे प्रत्याभूत गरेकाे सन्दर्भमा पत्रकारमाथि भएकाे धरपकडलाई राज्य आतंककाे संज्ञा दिदै उनले सत्तारुढ दल र प्रधानमन्त्रीले यस्ता घटना थाहा नपाएकाे बताउनु उदेकलाग्दाे हुने उनले तर्क गरे ।
पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पुनले भने, 'प्रधानमन्त्री र सत्तारुढ दलका नेतालाई थाहै नहुनेगरी यो देशको सुरक्षा निकाय कसले परिचालन गरेको छ ? नेपाल प्रहरीका प्रवक्ताले 'प्रधानमन्त्री कार्यालयको चासो'पछि पत्रकार पक्राउ गरेको स्पष्टीकरण दिएका छन् । हामीले अभ्यास गरेको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा राजनीतिक दल छुट्टै, सरकार छुट्टै हुन सम्भव छैन । अझ कार्यकारी प्रमुख प्रधानमन्त्रीले सरकार मातहतका निकायले गरेका काम 'थाहा पाईन' भन्नै मिल्दैन । त्यसैले यस घटनाको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापतिले लिदै सार्वजनिक रुपमा माफी माग्ने र आइन्दा यस्ता घटना दाेहाेरिन नदिने प्रतिवद्धता जनाउनु पर्दछ ।'
नेता पुनले फेसबुकमा लेखेका छन्ः
नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको सन्दर्भलाई पूरै बेवास्ता गर्दै शुक्रबार सरकारले नयाँ पत्रिका दैनिक, नेपाल प्रेसलगायतका सञ्चार गृहमा गरेको धरपकड र हुलहुज्जल राज्य आतंक थियाे । पक्राउ परेका पत्रकार रिहा गर्दैमा यस्ताे गम्भिर विषय सेलाउन सक्दैन । अझ संविधानको ठाडो उल्लङ्घन गर्दै मच्चाईएको राज्य आतंकपछि प्रधानमन्त्रीको सचिवालय, सञ्चार मन्त्री, सत्तारुढ दलका प्रवक्ताले दिएको अभिव्यक्ति उदेकलाग्दो छ । प्रधानमन्त्री र सत्तारुढ दलका नेतालाई थाहै नहुनेगरी यो देशको सुरक्षा निकाय कसले परिचालन गरेको छ ? नेपाल प्रहरीका प्रवक्ताले 'प्रधानमन्त्री कार्यालयको चासो'पछि पत्रकार पक्राउ गरेको स्पष्टीकरण दिएका छन् । हामीले अभ्यास गरेको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा राजनीतिक दल छुट्टै, सरकार छुट्टै हुन सम्भव छैन । अझ कार्यकारी प्रमुख प्रधानमन्त्रीले सरकार मातहतका निकायले गरेका काम 'थाहा पाईन' भन्नै मिल्दैन । त्यसैले यस घटनाको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापतिले लिदै सार्वजनिक रुपमा माफी माग्ने र आइन्दा यस्ता घटना दाेहाेरिन नदिने प्रतिवद्धता जनाउनु पर्दछ । यस घटनाको गहिराे छानविन गरेर दोषीमाथि कडा कारबाही गर्दै स्वतन्त्र पत्रकारिता गर्न पाउने संवैधानिक हकको सुनिश्चितता गरिनुपर्दछ ।







प्रतिकृया दिनुहोस