बिचौलियासँग नाम मुछिएको चर्चापछि गगन किन गए ओली भेट्न गुण्डु?
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएकाे छ।
मंगलबार साँझ दुई नेताबिच ओली निवास गुण्डुमा भेटवार्ता भएकाे हाे । स्राेतका अनुसार उनीहरूबिच करिब ६ बजेदेखि ७ बजेसम्म संवाद भएकाे थियाे।
भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै मधेस प्रदेशको वर्तमान राजनीतिक अवस्था र सरकारका विषयमा छलफल भएको हो।
हाल मधेस प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ। एमालेले गत असोज २५ गते कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
मधेस प्रदेशसभामा कुल १०७ सदस्य छन्। सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।
हाल प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी (जसपा) नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक सदस्य छन्।
यसअघि मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले, जसपा नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको थियो।
अन्य प्रदेशमा भने नेकपा र एमालेबीच सरकार संचालनमा सहकार्य भएकाे छ।





2026-11-03-06-15-45.jpeg)
प्रतिकृया दिनुहोस